ईसेवाको दशैँ–तिहारको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

ईसेवाको दशैँ–तिहारको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । ईसेवाले यसपालिको दशैँ–तिहार र छठ पर्व लक्षित गरेर ‘ईसेवा महाउत्सवः ईसेवाको कारोबारमा नामीको को दामी कार’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ईसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ईसेवाका जुनसुकै सेवाको प्रयोग वा ईसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र रू १०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ ।

दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।

साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार ईसेवाका विभिन्न सेवाहरू, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिने छ । यी अफरहरूबारे थप जानकारीहरू ईसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ ।

Logo