काठमाडौँ । लोकप्रिय डिजिटल वालेट माईपेले बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै “माईपे मेलाः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको हो । असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक, साप्ताहिक, मेघा र बम्पर पुरस्कारहरू जित्न सक्नेछन् ।
माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेघा पुरस्कारमा २ जना विजेताहरूले आइफोन १६ र २ जनाले हिराको औँठी जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड, स्मार्ट वाच, एनालग वाच, चाँदीको औँठी र रु १० हजारबराबरको सौन्दर्य सामग्री र धेरै गिफ्ट भौचर तथा छूट भौचरहरू जित्न सकिनेछ ।
यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरूलाई ७५ लाख रुपैयाँबराबरको क्यासब्याक भौचरहरू प्रदान गर्नुका साथै हरेक हप्ता १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।





























प्रतिक्रिया