काठमाडौं । नेपालका लागि जीडब्लुएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले बहुप्रतिक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ।
चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको यो ब्रान्डको अहिले नेपाली बजारमा बुकिङ खुला भएको हो । यसमा लक्जरी ७ सिटर एसयूभी ट्यांक ५०० र ५ सिटर एसयूभी ट्यांक ३०० समावेश छन्, जसमा एचईभी प्रविधि समावेश गरिएको छ ।
यी नेपालमा २।० लिटर टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध छन्, जसमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८ किलोवाट पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन्। ट्यांक ३०० को मूल्य १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।





























प्रतिक्रिया