टाटा मोटर्सद्वारा आपतकालिन सर्भिस सुविधाको व्यवस्था, घरमै पुगेर मर्मत गरिदिने

टाटा मोटर्सद्वारा आपतकालिन सर्भिस सुविधाको व्यवस्था, घरमै पुगेर मर्मत गरिदिने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । देशव्यापी रुपमा आइपरेको बाढी पहिरो तथा डुवानका कारण क्षति पुगेका टाटा प्यासेन्जर गाडीहरूका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरिएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले थप क्षति हुनबाट रोक्नका लागि घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेगरी व्यवस्था गरेको हो । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ ।

ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको कम्पनीको भनाई छ । यस सेवाका लागि हटलाइन टोल फ्री नं १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्नेछन् ।

Logo