काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विवरण अनुसार नाफासाथै अन्य सूचकहरूमा पनि सुधार देखिएको हो ।
सार्वजनिक भएको वित्तीय विवरण ग्लोबल आइएमई बैंकको तीन महिनामा नाफा कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको देखाएको छ । यो नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा बैंकको नाफा २३.३६ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । ग्लोबल आइएमई बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.३ रुपैयाँ बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ । चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशतले बृद्धि भएको छ ।





























प्रतिक्रिया