काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलमा केही समय अघि सञ्चालनमा ल्याइएको छाँया सेन्टर बिबादमा तानिएको छ । साढे पाँच अर्ब भन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयहरुले बिरोध गर्न थालेपछि विवादमा तानिएको हो ।
गएको पुष १० गते देखि संचालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ । छायाँ सेन्टरलाई केहि स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थालेपछि संचालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ ।
ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदैं आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए ।
सरकारी निकायबाट पुरा गर्नुपर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ आफुहरुले बुझ्न नसकेको पनि श्रेष्ठले बताए ।
पर्यटकीय व्यवसायीक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको ब्यबस्थापन समुहले बताउदै आएको छ । यस कम्प्लेक्समा स्टार स्तरको होटलसहित तीन वटा मल्टिप्लेक्स थिएटर रहेका छन् ।
साथै यस सेन्टरमा विभिन्न सामाग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायतका सुविधाहरु उपलब्ध रहेका छन् । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीहरुका कर्पोरेट कार्यालयहरु छायाँ सेन्टरमा खुल्न थालेका छन् ।





























प्रतिक्रिया