काठमाडौं । तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट सुन र चाँदीका सिक्का अर्थात् असर्फी बिक्रीवितरण सुरु गरेको थियो । तर, व्यवस्थापन फितलो बन्दा बबरमहलस्थित टक्सार महाशाखाको भीड अस्तव्यस्त बनेको छ । सेवाग्राहीले सास्ती भोग्नु परेको छ । राष्ट्र बैंकले गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको बताएपछि असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका थिए । तर, उनीहरुले असर्फी लिन पाएका छैनन् ।










































प्रतिक्रिया