हाइब्रिड इन्जिनमा आधारित ‘मारुती सुजुकी वागन आर’ नेपाली बजारमा छिट्टै आउँदै, यस्ता छन् फिचर

हाइब्रिड इन्जिनमा आधारित ‘मारुती सुजुकी वागन आर’ नेपाली बजारमा छिट्टै आउँदै, यस्ता छन् फिचर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । मारुती सुजुकीले आफ्नो ह्याचब्याक गाडी वागन आर हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार नयाँ जेनेरेसन युक्त ‘मारुती सुजुकी वागन आर’मा पूर्ण रूपमा हाइब्रिड सिस्टममा उपलब्ध हुनेछ । यदि यो रिपोर्ट सही भएमा वागनआर पूर्ण हाइब्रिड सिस्टमसँग सुसज्जित पहिलो सानो कार पनि हुनेछ।

नयाँ वागन आर ६६६ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरद्वारा सञ्चालित हुने सम्भावना छ। पेट्रोल इन्जिनले ५३ बीएचपी पावर र ५८ एनएम टर्क जेनेरेट गर्नेछ भने इलेक्ट्रिक मोटरले १० बीएचपी पावर र २९.५ एनएमको टर्क जेनेरेट गर्नेछ। यसको पावरट्रेन सेटअप ईसीभीटी गियरबक्ससँग जोडिनेछ।

जापानमा नयाँ जेनेरेसनको वागन आर हाइब्रिडको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम, उचाइ १६५० एमएम, ह्विलबेस २४६० एमएम र कर्ब वजन ८५० केजी हुनेछ । रिपोर्टका अनुसार नेक्स्ट जेनरेशन वागनआरमा हिङ्ग्ड डोरको सट्टा स्लाइडिङ डोर हुनेछ।

नयाँ पुस्ताको वागन आरले फुल हाइब्रिड सिस्टम पाएमा ३० किलोमिटर भन्दा बढी माइलेज दिने अपेक्षा गरिएको छ। सम्भवतस् यसले ३३।४७ किलोमिटर प्रति किलोग्राम मूल्याङ्कन गरिएको सीएनजी संस्करणको माइलेजलाई पनि पार गर्न सक्ने अनुमान गरिएको छ । फुल हाइब्रिड सिस्टम थपेपछि सो ह्याचब्याक गाडीको मूल्यमा उल्लेख्य वृद्धि हुनेछ।

Logo