आशा लघुवित वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यस आईपीओ छिटोमा २२ र ढिलोमा फागुन १९ सम्म आवेदन खुला हुने आशा लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ताको आईपीओ निष्कासन गरेको हो ।
आशा लघुवित्तले निष्काशन गरेको आईपिओमा अत्यधिक आवेदन परेको छ । पछिल्लो अपडेट अनुसार १४.९५ गुणा बढी आवेदन परेको हो । सोमबार बेलुका ६ बजेसम्म आईपिओमा २ लाख ५१ हजार हजार ५ सय ९७ आवेदकबाट ९४ लाख २१ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । पछि फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको थियो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने छन् । लघुवित्तको शेयरमा अत्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफांड हुने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन।
कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यो संस्थाले इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको छ । यो संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।





























प्रतिक्रिया