सुबिसु क्यान इन्फोटेकको २५ औँ संस्करण आजदेखि शुरु हुँदै ( भिडियो सहित )

सुबिसु क्यान इन्फोटेकको २५ औँ संस्करण आजदेखि शुरु हुँदै ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’ को २५ औँ संस्करण आजदेखि २० गतेसम्म हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पु¥याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासङ्घले गत विहिबार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् । कूल १७५  कक्ष रहने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहनेछ ।

क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले विगतमा जस्तै यस पटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोग सम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइने बताउनुभयो । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउने छन् । बम्पर पुरस्कारबापत इण्डोनेसियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् । मेलाको सह–आयोजक ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराइने कम्पनी बजार व्यवस्थापक अरुण फुयाँलले जानकारी दिनुभयो । के छन् त मेलाका आर्कषणहरु , हेरौं यो भिडियोमा :

 

Logo