काठमाडौं । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेका हुन् ।
चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब ५ अर्ब अनुदान सहायतामा चीनले त्यो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।





























प्रतिक्रिया