यामाहा नेपालको रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न, विकासले जिते उपाधि

यामाहा नेपालको रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न, विकासले जिते उपाधि

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । यामाहा नेपालको रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न भएको छ ।

बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा मंगलबार काठमाडौंमा आयोजित रिजनल सेल्स स्किल्स कन्टेस्ट भव्य रुपमा सम्पन्न भएको हो । सो अवसरमा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए ।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो। जसअनुसार द ह्विल्स प्रालिका विकास रंजितकार बिजेता बने भने एमएडब्लु प्रालि बल्खुका कुश्मा देवकोटा फर्स्ट रनरअप र गोर्खा मनकामना अटो इन्टरप्राइजेजका सुमित मर्हजन सेकेन्ड रनरअप बने ।

प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

बिजेतालाई यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

Logo