काठमाडौं । टाटा मोटर्स टाटा ह्यारियरको ईभी लन्च गर्ने तयारीमा जुटेको छ ।
सार्वजनिक रिपोर्टअनुसार नयाँ ह्यारियर ईभीको डिजाइन लगभग इन्टरनल कम्बसन इन्जिन संस्करण जस्तै हुनेछ । यसमा ड्युअल मोटर हुनेछ, जसले इलेक्ट्रिक अल ह्विल ड्राइभ सिस्टमलाई पावर प्रदान गर्नेछ । यसमा स्लिक एलईडी डीआरएलको साथमा क्लोज्ड अफ ग्रिल समावेश गर्नेछ ।
ह्यारियर ईभीमा ७५ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध छ, यसले एकपटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने छ । यसको लो र मिड(स्पेक भेरिएन्टमा भने ६० किलोवाट क्षमताको ब्याट्री प्याक समावेश हुनेछ ।
ह्यारियर ईभी २०२५ भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रस्तुत गर्ने सम्भावना छ ।





























प्रतिक्रिया