काठमाडौं । सिटिजन्स बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले ल्याएको योजना भित्र थुप्रै सुविधाहरू समावेश रहेको बताइएको छ।
बैंकिङ सेवामा उत्कृष्ट सुविधाहरू प्रदान गर्दै आएको बैंकले उक्त योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ।
बैंकका शाखा कार्यालयबाट उक्त योजनाको सुविधा उपभोग गर्न सकिने बताइएको छ। अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्डसमेत उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकको उक्त योजनामा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत सर्तसहितको छुट रहेको छ। सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘भर्चुअल क्रेडिट कार्ड’ पनि सञ्चालनमा ल्याएको छ।
ग्राहकमैत्री उक्त कार्डमा सहज रूपमा बैंकबाट सुविधा लिन सकिने बताइएको छ। बैंकले हाल ६० जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ भने यसका देशभर १९७ वटा शाखा छन्। १६२ वटा एटीएम रहेको सिटिजन्स बैंकले गुणस्तरीय सेवामा केन्द्रित भई सेवा दिइरहेको छ।





























प्रतिक्रिया