काठमाडौँ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले विकास गाउँतिर जाने र मानिसजति शहरतिर आउने दुःखद् परिस्थिति निर्माण भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ‘अब के नेपाली बैंक तथा वित्तले सहकारीको नियति भोग्नुपर्ने अवस्था आउँदै हो ’ पूर्वगभर्नरहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा पनि सोच्नुपर्ने परिस्थितिहरु निर्माण भएको बताए ।
उनले भने,‘सरकारले विकास र निर्माणको काम गाउँतिर लैजानुपर्छ भनेको छ । फालिएको न्यूनत गाउँ विकास समितिमा पनि ३०–४० करोडभन्दा कम पुगेको छैन भन्ने छ । रकम पर्याप्त मात्रामा गइरहेको छ तर दुःखको कुरा के छ भने विकास गाउँतिर जाने मान्छेजति शहरतिर आउने परिस्थिति बनेको छ ।’
उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताए । त्यस्तै, उनले राजनीतिक अस्थिरताको कारणले दिगो रुपमा व्यवसाय गरेर अगाडि बढ्नका निमित्त अनुकूल वातावरण नबनेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार निर्माणमा ढिलाइ हुँदा पर्यटन क्षेत्र गतिशील नभएका कारण आर्थिक अवस्था खस्किएको बताए । उनले व्यापार बढाउने भन्दा पनि कर असुल्ने रणनीति गलत भएको बताए ।





























प्रतिक्रिया