७ खर्बको आयात हुँदा ९८ अर्बको भयाे सामान निर्यात, कति छ व्यापार घाटा ?

७ खर्बको आयात हुँदा ९८ अर्बको भयाे सामान निर्यात, कति छ व्यापार घाटा ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विभिन्न देशबाट ८ खर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले साउनदेखि पुषसम्म ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँको सामान आयात भएको जानकारी दिएको हो । 

गत आर्थिक वर्ष २०८०/८१ को सोही महिनासम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँको सामान आयात भएको थियो । यो आयात गत वर्षको तुलनामा ७.०६ प्रतिशतले बढिरहेको विभागले जानकारी दिएको छ । 

विभागको तथ्यांकले सामान निर्यात हुने क्रममा पनि बढेको देखाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजारको सामान निर्यात गरेको नेपालले चालु आर्थिक वर्षमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँको निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो निर्यात ३१.७८ प्रतिशतले बढी हो । विभागका अनुसार ६ महिनाको अवधिमा वैदेशिक व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, नेपाल सरकारले वस्तु तथा सेवा निर्यात तथा आयात गर्दा सरकारले २ खर्ब २४ अर्ब ३४ करोड  ४ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

Logo