काठमाडौं । नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाइरहेको छ भने त्यो हो, पश्मिना । नेपालमा उत्पादित पश्मिना ४७ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । पश्मिना उद्यमी सुमन बराल विगत २५ वर्ष देखि पश्मिना उत्पादन र विदेशमा निर्यात गर्दै आएका छन् । साथै उनले ५० जनालाई रोजगारी समेत दिएका छन् ।
कोरोना महामारीभन्दा अगाडि १५० भन्दा बढी उनको कारखानामा कार्यरत थिए । कोरोना महामारीका कारण व्यापारमा ह्रास आयो, जसका कारण उद्योगले १०० जना कर्मचारीलाई कटौटी गर्नुपर्याे ।
कोरोना महामारीमा ब्यापारमा ह्रास आएपनि पछिल्लो समय भने पश्मिना व्यापारले गति लिँदै आएको छ । नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्सपोमा पश्मिनाको स्टल राखेका सुमन बरालले भने पश्मिना के हो प्रायलाई थाहा छैन । थाहा भएकालाई पनि पश्मिना भनेको विदेशिले मात्र प्रयोग गर्ने हो भन्ने मान्यता रुहेको छ । सर्वसाधारणलाई खासमा पश्मिना भनेको के हो ? यसको महत्व के छ ? भन्ने उदेश्यले एक्स्पोमा स्टल राखेका हौं ।
नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने र विश्व बजारमा नेपाली उत्पादनलाई चिनाउने लक्ष्य लिएर गुरु काश्मिरे एण्ड ब्रेल्डस् प्रालि नामक कम्पनी सञ्चालनमा पनि ल्याएका छन् । उक्त कम्मनीले अहिले वार्षिक ६ देखि ७ लाख डलरसम्मको पश्मिना निर्यात गर्दै आएको छ ।
सुरुमा, अन्य कम्पनीमा जागीर गरेका बराल मामाको सल्लाहमा पश्मिनाको उद्योगी बनेका हुन् । अहिले उनी मेहनत गर्ने हो भने देशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनिरहेका छन् ।
पछिल्लो समय बजारमा नक्कली पश्मिनाको व्यापारले वास्तविक पश्मिनाको व्यापारमा नकारात्मक प्रभाव पारीरहेको कुरा उल्लेख गर्दै बरालले यस्तो कुरा चिन्ताजनक रहेको बताए । उनी भन्छन्, ‘हामीले नेपालमा विक्री गर्नु भन्दा धेरै विदेशमा निर्यात गर्ने गर्छौं । नेपालमा उत्पादित बस्तु निर्यात गर्नमा सरकारको नीति केहि खुकुलो छ तर पनि झन्झिटिलो छ ।’ नीतिलाई कागजी रुपमा मात्र सिमित नराखेर व्यवहारमा पनि लागु गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए ।
बरालले नेपालको कच्चा पदार्थ प्रयोग गर्छन् । पश्मिनाको अन्तर्राष्ट्रिय माग अनुसार स्वदेशी कच्चा पदार्थ मात्र पर्याप्त नहुने भएकाले चीन र मंगोलियाको धागो प्रयोग गर्दै आएका छन् ।

पश्मिनाको विदेशी माग धेरै भएकाले उनले अहिलेसम्म विदेशमा मात्र निर्यात गर्दै आएका छन् । २०७२ को भूकम्प अगाडि पश्मिना बिक्रीका लागि स्टोर खोलेका थिए तर भुकम्पले व्यापारम गिरावट आएपछि स्टोर बन्द गर्नुपर्याे । यदि कसैले गुरु कााश्मिरेबाट पश्मिना किन्छु भन्ने लाग्छ भने ग्राहकलाई मुलपानीमा रहेको उद्योग भिजिट गर्न उनले आग्रह गरे ।
बरालले ४ देखि ३ लाख सम्मका पश्मिनाको मफलर, टोपी, सल, स्वीटर, ब्ल्याङकेट जस्ता सामग्री उत्पादन गर्दै आएका छन् । समय परिवर्तनसँगै पश्मिना निर्माण गर्ने चर्खा पनि विकसित हुँदै आएको छ ।
नेपाल र विदेशमा पश्मिनाको माग बढ्दै गएको छ । त्यसैले नेपालमा केही अवसर छैन भनेर विदेश जाने युवाहरुमा नकारात्कम सोच हाबी भैरहेको छ । नेपाली उत्पादनमा थोरै मेहनत गर्दा मात्र नेपालमै सम्भावना छ भन्ने उदाहरण पनि हो । त्यसैले नयाँ युवा पुस्ताले पनि पश्मिना उत्पादनमा आउनुपर्ने सुमन बरालले सुझाव दिएका छन् ।
नेपाली उत्पादनलाई प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पोमा ४० भन्दा बढि स्टलहरुमा पश्मिनाको सामग्रीहरु प्रदर्शनीका लागि राखिएका छन् । त्यसैगरी एक्स्पोमा चीनका व्यापारीहरुको पनि सहभागिता रहेको छ ।
एक्स्पोमा सहभागी भएका प्रायः पश्मिना व्यापारीहरु नेपाली उत्पादन पश्मिनाको देशमा मात्र नभई विदेशमा समेत राम्रो माग भएको बताएका छन् ।





























प्रतिक्रिया