गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० हजार रुपैयाँसम्म छुट

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० हजार रुपैयाँसम्म छुट

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा गरिमा विकास बैंकका लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभीएफका डिजिटल तथा मिडिया म्यानेजर नवीन विष्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार गरिमा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले वात्सल्य नेचुरल आईभीएफमा निःसन्तानसम्बन्धी उपचारको प्याकेजमा एकमुस्ट १० हजार रुपैयाँ, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरहरूले वात्सल्य नेचुरल आईभीएफका सम्पूर्ण आउटलेटहरूबाट उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरूमा वृद्धि हुँदै गइरहेको निःसन्तानपनको उपचारका लागि नेपालमा लामो समयदेखि ख्यातिप्राप्त वात्सल्य नेचुरल आईभीएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

Logo