बहुमतले फिर्ता भयो आर्थिक विधेयक, वर्षमान पुनको ‘नोट अफ डिसेन्ट’

बहुमतले फिर्ता भयो आर्थिक विधेयक, वर्षमान पुनको ‘नोट अफ डिसेन्ट’

केन्द्रबिन्दु
243
Shares

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बहुमतले फिर्ता भएको छ ।अर्थ समितिका सभापति सन्तोष चालिसेले सर्वसम्मतिबाट विधेयक फिर्ता गराउने प्रयास गरे पनि असफल भएपछि बहुमतले उक्त विधेयक समितिबाट फिर्ता भएको हो । विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो ।

कांग्रेस र एमालेका सांसदहरू विधेयक फिर्ता गर्ने निर्णयको पक्षमा थिए । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले कानुन बमोजिम नै अध्यादेश ल्याइएको र यसमा कुनै गलत आशय नभएको भन्दै विधेयक फिर्ता गर्न समितिलाई आग्रह गरेका थिए । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले समितिमा विचाराधीन विधेयक फिर्ता गरेर संसदको अधिकार हनन गर्न खोजेको बताएका थिए ।


विधेयक फिर्ता गर्ने निर्णयमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ’नोट अफ डिसेन्ट’ लेखेका छन् । विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनुपर्नेमा त्यसो नगरिएको र समितिमा विचाराधीन विधेयकलाई निष्क्रिय बनाएर संसदको अधिकार कुण्ठित गर्नु निरंकुशताको उदाहरण भएको भन्दै आएको अध्यादेश पनि फेल गर्नुपर्ने भनेर उनले ’नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

प्रतिपक्षका अरू सांसदहरूले भने आफूहरू विधेयक फिर्ता गर्ने निर्णयको विपक्षमा रहेको बताएका थिए ।

Skip This
Skip This
Logo