अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट अब नेपालगञ्जमा

अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट अब नेपालगञ्जमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले नेपालगञ्जको भुजैगाउँमा विशेष रिटेल पार्ट्स आउटलेट ‘जे.के. पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् । एक कार्यक्रमका बीच उक्त आउटलेटको उद्घाटन अशोक लेल्यान्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त रुपमा गरेका थिए ।

Logo