काठमाडौं । कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको नयाँ गाडी ‘किया सिरोस’ सार्वजनिक गरेको छ ।
एचटीके बेस भेरिएन्टमा उपलब्ध यस गाडीमा कम्पनीले एउटा मात्र इन्जिन विकल्प दिएको छ । यसमा १ लिटर क्षमताको टर्बो इन्जिन स्मार्टस्ट्रिम जी१.० टी(जीडीआई ६एमटी प्रदान गरिएको छ ।
यस गाडीमा डिजिटल टाइगर फेस फ्रन्ट ग्रिल, आइस क्यूब हलोजन ल्याम्प, हलोजन टेलल्याम्प, हाई माउन्ट स्टप ल्याम्प, कभरसहितको १५ इन्चको स्टिल ह्विल, शार्क फिन एन्टेना, सिल्भर इन्टिग्रेटेड स्पोइलर, प्रिमियम ग्रे रुफ लाइनिङ, रुम म्याप र ल्याम्प, पावर स्टेयरिङ, सेन्ट्रल कन्सोल आर्मरेस्ट, म्यानुअल एसी, राइजर एसी भेन्ट्स, अटो लाइट कन्ट्रोल, सनग्लास होल्डर, रिमोट की, १२ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले, ब्लुटुथ कनेक्टिभिटी, रियर भ्यु क्यामेरा, टाइप सी चार्जिङ पोर्ट, १२ भोल्ट सकेट जस्ता फिचर समावेश छन् ।
साथै सेफ्टीका लागि फ्रन्ट ड्युअल एयरब्याग, फ्रन्ट सिट साइड एयरब्याग, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत फिचर छन् ।
हाल यसको मूल्य ८ लाख ९९ हजार भारु तोकिएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया