‘आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार’ : महासंघ

‘आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार’ : महासंघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ ।

शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको बताएको हो । महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तर्क्रिया गरि तीन वर्षे रणनीतिक योजना तयार पारिएको बताएका छन् । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुध्रिढ गर्न प्रतिवद्ध व्यवसायीहरुद्वारा रणनीति तयार पारिएको पनि बताए। महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा पुर्याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको बताए।

निर्यात बढाउनका लागि महासंघले सरकार र व्यवसायीहरुको बीचमा समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै निर्यात प्रवर्धनका लागि उपयुक्त नीतिगत एवं व्यवहारिक व्यवस्थाका लागि महासंघले छोटो समयमा महत्वपूर्ण कार्य गर्न सफल भएको उनको भनाइ छ ।

Logo