विराटनगर । तेल चोरीमा संलग्न चालक तथा ढुवानीकर्तालाई नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले ढुवानीमा प्रतिबन्ध लगाउँदै पाँच लाख रुपैयाँ जरिवाना गरेको छ।
निगमले विराटनगर कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी गत मंसिर ६ गते कम तेल (डिजेल) ढुवानी गर्ने ट्याङ्कर को१ख ५९६५ का ढुवानीकर्ता सुखदेव सिंहलाई तेल २ हजार ४ सय ८४ लिटरको दोब्बर मूल्य चार लाख ९३ हजार ९ सय १८ रुपैयाँ जरिवाना गराएको निगमका प्रादेशिक कार्यालय प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।
ढुवानीमा प्रयोग हुने ११ वटा ट्याङ्करलाई समेत रोक लगाइएको यादवले बताए । निगमलाई नोक्सानी पुगेको देखिएकाले ट्याङ्कर नम्बर ५९६५ लाई ढुवानीमा रोक लगाई निगमको डिपोमा ६ महिनासम्म प्रवेश निषेध गर्ने निर्णय गरिएको हो ।





























प्रतिक्रिया