काठमाडौँ

प्रतिनिधिसभाको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको लाइसेन्स लिएको भारतको जीएमआर कम्पनीले चिनियाँ कम्पनीलाई लाइसेन्स बिक्री गरेको विषयमा छानबिन गर्ने भएको छ । "/>

मर्स्याङ्दी २ जलविद्युत परियोजनाको लाइसेन्स बिक्रीबारे छानबिन गरिने

मर्स्याङ्दी २ जलविद्युत परियोजनाको लाइसेन्स बिक्रीबारे छानबिन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभाको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको लाइसेन्स लिएको भारतको जीएमआर कम्पनीले चिनियाँ कम्पनीलाई लाइसेन्स बिक्री गरेको विषयमा छानबिन गर्ने भएको छ ।

मंगलबार बसेको अर्थ समितिको बैठकले झोलामा खोला राखेर कुनै उपलब्धिमूलक काम नगरी खोला बिक्री गर्ने कामबारे छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । अर्थ समितिको बुधबार बस्ने बैठकले उपसमितिमा रहने सदस्यको नाम र अध्ययन प्रतिवेदन बुझाउने समय तोक्ने भएको छ ।

जिएमआरले ६० लाखमा सेयर खरिद गरेर अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । अर्थ समितिका सदस्य , नयाँशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सेयर बिक्री गर्नु भनेको लाइसेन्स नै बिक्री गर्नु भएकाले यसबारे समितिले आवश्यक निर्देशन दिनुपर्ने बताए । नेपालमा केही वर्ष यता ठूला योजनाहरू सम्पन्न हुन नसकेको जानकारी दिँदै उनले अर्थतन्त्रको यस्तो ढाँचाले समृद्धि आउन नसक्ने दाबी गरे ।

‘एउटाले लाइसेन्स लिने, धेरै वर्ष झुलाएर राख्ने र कामै नगरी फेरि अर्कोलाई बिक्री गर्ने जुन काम भएको छ, यो जुवा खेले जस्तो काम भयो,’ उनले भने, ‘यस्तै हो भने देशले ठूलो क्षति भोग्नुपर्छ ।’ सत्तारूढ दल नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे । उनले उपसमिति गठन गरेर छानबिन गर्नुपर्ने बताए । नेकपाका सांसद तथा समिति सदस्य घनश्याम भुसालले यसरी लाइसेन्स बिक्री गर्ने कार्य दलाल पुँजीवादकै चलखेल भएको जिकिर गरे । उनले यस्तो काम नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
नागरिकबाट

Logo