ड्राइभिङ लाइसेन्स छापिएपछि अब मोबाइलमा एसएमएस आउने

ड्राइभिङ लाइसेन्स छापिएपछि अब मोबाइलमा एसएमएस आउने

केन्द्रबिन्दु
204
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले आधिकारिक माध्यममार्फत मात्रै सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स छपाई तथा वितरण प्रक्रियाबारे जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

विभागले बिहीबार एक सूचनामार्फत लाइसेन्सको छपाईसम्बन्धी जानकारी नआउँदै कार्यालयमा नजान भनेकाे हो । सम्बन्धित व्यक्तिलाई मोबाइलको एसएमएस, विभागको वेबसाइट र यातायात व्यवस्था विभागको फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ मार्फत गराइने विभागले जनाएकाे छ ।

विभागले परीक्षार्थी उत्तीर्ण भएपछि उनीहरूको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

Logo