घट्यो सुनचाँदीको भाउ, कति छ आजको मूल्य ?

घट्यो सुनचाँदीको भाउ, कति छ आजको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन २ सयले घटेको हो । बुधबार सुन १ हजारले घटेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन आज ९१ हजार ३०० मा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घट्दै १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo