सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सबैभन्दा बढी बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज एकैदिन १२ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको महासंघको भनाइ छ ।

Logo