नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस सुखद अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक मनाएको हो ।

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४औँ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

Logo