सुरु भयाे खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’

सुरु भयाे खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को तेस्रो संस्करण आजदेखि सुरु गरेको छ । यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिष्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ ।

यो अफरअन्तर्गत पाँचजनाले पल्सर एनएसएफआइएबिएस बाइक जित्न सक्नेछन् । अन्य विजेताले आइफोन १५, होनाेर एक्स–७ बी स्मार्टफोन, वासिङ मेसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइटदेखि एयर बडहरूजस्ता सयौँ उपहार जित्न सक्नेछन् ।

यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिलेजस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्डमार्फत उपहारहरू जित्ने मौका पाउनेछन् ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने दुई महिनाको यस जात्रा अवधि चारवटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू बाइकका लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ ।

चारवटै राउन्डमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको बाइकका लागि स्वतः सहभागी हुन पाउने र जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस पेमेन्ट जात्राबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ। विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। आफैँले विभिन्न भुक्तानीका प्रोमोकोड बनाई सेयर गर्दै खल्तीको इन्फ्लुन्सर बन्न मिल्ने सुविधा रहेको साथै हरेक हप्ता कन्टेन्ट क्रियटर सँग कोड रिडिम गर्ने प्रतिस्पर्धाले जात्रामा अझै रोमाञ्चक भएको छ।”

Logo