सत्यदिप इन्टरनेसनलद्वारा केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

सत्यदिप इन्टरनेसनलद्वारा केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
15
Shares

चितवन । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलले ‘केज पार्टनर्स मिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा गत जेठ २ गते, मे १६ मा आयोजित यस कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरूले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजनाबारे जानकारी आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशकदेखिको यात्राबारे जानकारी प्रदान गर्दै सत्यदिपको गुणस्तर, विश्वसनीयता र देशव्यापी वितरण क्षमतामाथि प्रकाश पारे । सहभागीहरूका बीचमा केजको उत्पादन क्षमतासम्बन्धी विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थियो, जसले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

सो अवसरमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङले केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनका बारेमा विस्तृत जानकारी दिए । त्यसैगरी, सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजनाबारे प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गरे।

यस क्रममा सत्यदिपको लोभलाग्दो बजार प्रभावबारे तथ्यांकिय प्रस्तुतीकरण पनि गरिएको थियो।

कार्यक्रमको समापन अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे। यो कार्यक्रमले सत्यदिप इन्टरनेसनल र यसका साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भविष्यका लागि नयाँ व्यावसायिक दिशाहरू निर्धारण गर्न मद्दत पुर्‍याएको विश्वास लिइएको छ।

Logo