काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले स्थापना गरेको मोटरिङ्ग एकेडेमीको चण्डेश्वरी ड्राइभिङ्ग स्कुलसंग मोटरिङ्ग नेपालले व्यवस्थापन गर्ने गरी ११ बुँदे सझौता गरिएको छ ।
नेपालकै ठुलो, व्यस्थित र आधुनिक मानिएको बनेपास्थित चण्डेश्वरी ड्राइभिङ्ग स्कुलका संचालक राम श्रेष्ठ तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले हस्ताक्षर गरेको सो सहमति पत्रमा नियतित रेसिङ्गका गतिविधि, कार्टस् संचालन विधि, सेफ्टी ड्राइभिङ्ग ओरियन्टेसन तथा सदस्यहरुलाई कर्पोरेट डिस्काउन्टसम्बन्धि विषयहरु रहेका छन् ।
मोटरिङ्ग नेपालले व्यव्स्थापन गर्ने सो सम्झौता नेपाल अटोमोवाइल्स एसोसिएसनद्वारा प्रस्तावित नेपालकै पहिलो मोटरिङ्ग एकेडेमीको कार्यक्रमको लागी समेत यस सम्झौताले सहयोग पुग्नछ भने चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले ड्राइभिङ्ग पार्टनरको रुपमा संघसंगको आवद्धताले मोटरस्पोर्टस तथा सेफर मोविलिटिको क्षेत्रबाट आफ्नो राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवद्र्धन र सेवाविस्तारमा मद्दत मिल्नेछ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए) वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा मोटरिङ्ग नेपालका संचालक अंकित भण्डारी समेतको उपस्थितीमा सम्पन्न सो सम्झौता आदन प्रदानले नेपालको मोटरस्पोर्टस्, सेफर मोविलिटी तथा ड्राइभिङ्ग टे«निङ्गको क्षेत्रमा समेत नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
बुदाँहरु
१) ड्राइभिङ स्कुलबाट लाइसेन्सीङ्ग परिक्षा पास भएका विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धि एउटा प्रशिक्षण सञ्चालन गर्ने, सोको लागी एकजना प्रशिक्षक नियमित रुपमा नासा नेपालले उपलब्ध गराउने र अन्य व्यवस्थापकिय कार्य चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले मिलाउने ।
२) पुराना ड्राइभर, व्यवसायी लगायतलाई समेत आवश्यता र मागको आधारमा प्रशिक्षण दिने दुवै कार्यको लागी प्रशिक्षक र व्यवस्थापनका लागी न्यूनतम शुल्क चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले व्यवस्थापन गर्ने ।
३) नासा नेपालको स्वामित्वमा रहेको दुइटा कार्टस् सञ्चालनको लागी चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले निशुल्क स्थान उपलब्ध गराउनेछ । साप्ताहिक रूपमा एक दिन सञ्चालन हुने कार्टस्को लागी नासा नेपालबाट एक र चण्डेश्वरी ड्राइभिङ्ग स्कुलबमट एक जरी दुइजना जनशक्ति परिचालन गरिनेछ । स्टाफ खर्च, इन्धन, पार्टस्, मर्मत र इन्सूरेन्स लगायतको खर्च पश्चात भएको वचत रकम दुवै पक्षको बरावरी हुनेछ । यो प्रोडक्ट सफल भाएकोमा अन्य कार्टस् थप गर्दै जान सकिनेछ ।
४) वार्षिक रूपमा नासा नेपालले चण्डेश्वरी ड्राइभिङ्ग स्कुलसँगको सहकार्यमा कम्तीमा २ वटा अटोजिखाना र एउटा कार्टिङ्ग स्प्रीन्ट तथा एउटा स्लालम गरी जम्मा चारवटा कार्यक्रमको लागी चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले निशुल्क स्थान उपलब्ध गराउनेछ भने सोको सम्पूर्ण व्यवस्थापयिक जिम्मवारी नासा नेपालकै हुनेछ ।
५) चण्डेश्वरी ड्राइभिङ्ग स्कुलको नाम लोगो तथा सेवा सुविधाको बारेमा नासा नेपालको वेवसाइट लगायतको मिडिया र सार्वजानिक कार्यक्रममा समेत उल्लेख गरिनेछ ।
६) नासा नेपालको सदस्यहरुलाई चण्डेश्वरी ड्राइभिङ्ग स्कुलको सेवा सुविधामा २०% छुट गर्नेछ भने नासा नेपालको नाम र लोगो राखेको कुनै पनि इभेन्टमा समेत २०% छुट दिनेछ ।
७) नासा नेपालको राष्ट्रिय–अन्तर्राष्ट्रिय फोरममा चण्डेश्वरी ड्राइभिङ्ग स्कुलको सहभागीलाई प्राथमिकता दिइनेछ ।
८) यस सहमती, साझेदारी तथा सहकार्यको उपलब्धि सार्वजनिक गरी मिडिया तथा सोसल मिडियावाट समेत प्रचार प्रसार गरिनेछ ।
९) चण्डेश्वरी ड्राइभिङ्ग स्कुलले वार्षिक रुपमा शुल्क बुझाई नासा नेपालको कर्पोरेट मेम्मर बन्नेछ भने नासा नेपालको अफिसियल ड्राइभिङ्ग पार्टनर पनि हुनेछ ।
१०) यस सहमतिमा थपघट गर्नु परेमा दुवै पक्षकोे सहमतिमा गर्न सकिनेछ ।
११) यस सहमति उल्लंघन भई दुवै पक्षमध्ये कुनैलाई हानी नोक्सानी हुन गएमा कानुनी उपचारको लागी दुवै पक्ष स्वतन्त्र रहनेछन् ।





























प्रतिक्रिया