राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन  गरेको हो ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय “बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको छ ।

उक्त कार्यदलको समयावधि एक महिनाको रहनेछ । बैंकिङ नीति–नियमनलाई उद्धार, तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा कार्यदलले सुझाव दिने गरी कार्यक्षेत्र तोकिएको छ । आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा र ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा कार्यदलले सुझाव दिने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति गर्ने तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानबारे पनि कार्यादलले सुझाव दिनेछ । नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजी बजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा समेत कार्यदलले सुझाव दिन सक्नेछ ।

Logo