केटीएम नेपालद्वारा देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्पको घोषणा

केटीएम नेपालद्वारा देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्पको घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । केटीएम नेपालले देशव्यापी एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको छ । १९ जुन (बिहीबार)बाट यस क्याम्प देशभरका सबै अधिकृत केटीएम शोरूमहरूमा हुने छ।

कम्पनीका अनुसार यस क्याम्पको उद्देश्य देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउनु हो। वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउन यस क्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

क्याम्पको मुख्य आकर्षण नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया रहनेछ। त्यस्तै, क्याम्पमा पुरानो मोटरसाइकलमा अतिरिक्त १५ हजार रुपैयाँको एक्सचेन्ज बोनस, प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट पनि उपलब्ध गराइने कम्पनीको भनाइ छ।

त्यसैगरी, केटीएम २५० ड्यूकको नयाँ मूल्य ७ लाख १३ हजार ९०० रुपैयाँ कायम गरिएको जानकारी दिँदै कम्पनीले अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने बताएको छ।

नेपालभरका अधिकृत केटीएम सोरूमहरूमा उपलब्ध यो क्याम्पको फाइदा लिन इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको सोरुममा सम्पर्क गर्न आग्रह गरेको छ । फाइनान्स सुविधा समेत पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइनेछ।

Logo