काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउन लेट मि इन प्रालिसँग सम्झौता गरेको छ।
यो सम्झौता अनुसार, काठमाडौंको नयाँ बानेश्वरमा रहेको लेट मि इन प्रा.लि.मा कोरियन प्रविधिबाट प्रदान गरिने विभिन्न एस्थेटिक्ससम्बन्धी सेवाहरूमा नेपाल बैंकका कर्मचारी र खातावाला ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि.का प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरे । यस सहकार्यले बैंकका कर्मचारी र ग्राहकहरूलाई गुणस्तरीय एस्थेटिक्स सेवामा पहुँच पुर्याउन मद्दत गर्ने विश्वास गरिएको छ।





























प्रतिक्रिया