पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न

केन्द्रबिन्दु
66
Shares

पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल एन्ड ट्रेनिङ कमिसनको आयोजनामा मोटर स्पोर्ट्स सम्बन्धी ओरिएन्टेसन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदका सचिव ध्वजकुमार लामाले गण्डकी क्षेत्रमा मोटर स्पोर्ट्सका विभिन्न कार्यक्रम भइरहेको सन्दर्भ उल्लेख गर्दै मोटर स्पोर्ट्सलाई सुरक्षित गर्नका लागि युवाहरुका बिच गरिएको यो कार्यक्रम महत्वपूर्ण रहेको बताएका हुन् । उनले आगामी दिनमा मोटर स्पोर्ट्सलाई अझै सुरक्षित बनाउन र यसमा युवाहरुको सहभागिता वृद्धि गर्नमा यसले भूमिका खेल्ने अपेक्षा गर्दै यसका लागि आयोजकप्रति आभार व्यक्त गरे ।

सो कार्यक्रममा नासा नेपाल, मार्सल एन्ड टे«निङ कमिसनका सचिव आशीष रौनियारले मोटर स्पोर्ट्सका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए, जसमा मोटर स्पोर्ट्स इभेन्ट व्यवस्थापन, मार्सलिङ, इभेन्ट गाइडलाइन, सेफ्टी तथा इभेन्ट क्यालेन्डर जस्ता विषयहरु रहेका थिए ।

सहभागीहरुले मोटर स्पोर्ट्स सम्बन्धी विविध जानकारी लिनुका साथै मोटर स्पोर्ट्स कार्यमा संलग्न हुनका लागि आवश्यक प्राविधिक ज्ञान पाएका थिए ।

ओरिएन्टेसन कार्यक्रममा मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताल लगायतले सहजीकरण गरेका थिए । सहभागीहकहरुले यस्ता कार्यक्रम आगामी दिनमा समेत आयोजना गर्न र अझै थप ज्ञान प्रदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको अन्त्यमा गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यो वर्ष मोटर र्याली, ट्रान्स हिमालय एड्भेन्चर, पोखरा मोटो इन्ट्युरो, गण्डकी अटोक्रस र डीटी एमएक्स च्याम्पियनसिप सिरिजको आयोजना, आवद्धता तथा सहयोग गरिने घोषणा गर्नुका साथै मार्सल ट्रेनिङ लगायतका विभिन्न कार्यक्रम गरिने बताए ।

गण्डकी प्रदेशमा मोटर स्पोर्ट्स सुरक्षित गर्न, इभेन्ट व्यवस्थापन गर्न, दक्ष मार्सल बन्न लगायतका विभिन्न क्षेत्रमा सो ओरिएन्टेसनबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पोखरा केन्द्रित राइडर, ड्राइभर तथा मोटर स्पोर्ट्समा संलग्न करिव ३० जना सहभागी सो ओरिएन्टेसनका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने छ ।

Logo