काठमाडौं । वुलिङ चिनियाँ अटोमोटिभ ब्रान्ड हो, जुन किफायती र व्यावहारिक विद्युतीय गाडीहरूको उत्पादनमा विशेषज्ञता राख्दछ । यसको नयाँ विद्युतीय गाडी, वुलिङ एयर ईभी, नयाँ युगको स्मार्ट, इको फ्रेण्ली र अफोर्डेबल सवारी साधनको प्रतिनिधित्व गर्छ ।
नेपालमा वुलिङका गाडीहरू बज्र ग्रुपको सहायक कम्पनी ईभी नेपाल मोटर्समार्फत बिक्री हुँदै आएको छ । बज्र ग्रुप नेपालको एक प्रमुख व्यावसायिक समूह हो, जसले विभिन्न औद्योगिक क्षेत्रमा आफ्नो उपस्थिति राखेको छ । यो समूह नेपालको अटोमोटिभ बजारमा उत्कृष्टता र नवप्रवर्तनको लागि प्रतिबद्ध छ ।
बज्र ग्रुपको उद्देश्य भनेको नेपालको अटोमोटिभ उद्योगलाई नवीनता मार्फत अघि बढाउनु हो । यसले पर्यावरणीय अनुकूल गाडीहरूको उत्पादन र विक्रीमा जोड दिन्छ, जसले देशको हरित क्रान्तिमा पनि योगदान पु-याएको छ । वुलिङ एयर ईभीजस्ता गाडीहरूको माध्यमबाट बज्र ग्रुपले नेपालको भविष्यको गाडी बजारमा एक नयाँ अध्याय सुरु गर्ने योजना बनाएको छ ।
कुन-कुन मोडल उपलब्ध छ ?
नेपालमा वुलिङको दुई वटा मोडल उपलब्ध रहेका छन्, वुलिङ एयर ईभी र वुलिङ बिङ्गो ईभी । वुलिङ एयर ईभी एक सानो र सहरी प्रयोगका लागि उपयुक्त मिनी इलेक्ट्रिक कार हो, जुन दुई फरक रेंज अप्सनमा उपलब्ध छ । स्ट्यान्डर्ड रेंजले करिब २०० किलोमिटरको रेंज प्रदान गर्छ भने लङ रेंजले करिब ३०० किलोमिटरको दूरी तय गर्न सक्छ ।
यसले सहरको भीडभाड र छोटो दूरीको दैनिक यात्राका लागि उपयुक्त मानिन्छ । यसका अतिरिक्त, वुलिङले नेपाली बजारमा अर्काे इलेक्ट्रिक मोडल, वुलिङ बिङ्गो ईभी पनि ल्याएको छ । जुन एयर ईभीभन्दा भन्दा केही ठूलो र थप फिचरले भरिएको इलेक्ट्रिक ह्याचब्याक हो । यो गाडी सन् २०२४ को मे महिनाबाट नेपालमा बिक्री सुरु भएको हो र यसले करिब ३ सय ३३ किलोमिटरको रेन्ज दिन सक्छ । जसले गर्दा यो मध्यम दूरीका यात्राहरूका लागि समेत आकर्षक विकल्प बन्न पुगेको छ ।
वुलिङ एयर ईभी
एक कम्प्याक्ट र आकर्षक डिजाइन भएको सानो विद्युतीय कार हो, जुन शहरी सडकका लागि विशेष रूपमा उपयुक्त मानिन्छ । यसमा ४ जना बस्न सक्ने सिट क्षमता रहेको छ ।
गाडीमा लिथियम फेरो फस्फेट (एलईपी) ब्याट्री प्रयोग गरिएको छ । जसले भेरियन्टअनुसार करिब २०० किलोमिटरदेखि ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसलाई ३० किलोवाट (४१ पिएस) क्षमताको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले चलाउँछ, जसले ११० एनएम टर्क उत्पन्न गर्छ । २.० किलोवाट एसी चार्जर प्रयोग गर्दा यो गाडीलाई करिब ८.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । गाडीको भित्री भागमा १०.२५ इन्चको फ्लोटिङ वाइडस्क्रिन डिस्प्ले, स्मार्ट स्टार्ट सिस्टम, फ्युचरिस्टिक सेन्टर कन्सोल र सिन्थेटिक लेदर सिट जस्ता आधुनिक फिचरहरू दिइएका छन् ।
सुरक्षा दृष्टिकोणले यसमा आईपी ६७ वाटरप्रुफ ब्याट्री, दुई वटा एयरब्याग, अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडान गरिएको छ । साथै, अन्य सुविधाहरूमा इलेक्ट्रिक पावर स्टेरिङ, पावर विन्डोज र म्यानुअल एरसी पनि समावेश छन् । जसले यो सानो ईभीलाई अझ आकर्षक बनाएको छ ।
वुलिङ बिङ्गो ईभी
वुलिङ बिङ्गो ईभी एक क्लासिक र आधुनिक डिजाइनको उत्कृष्ट संयोजन भएको इलेक्ट्रिक ह्याचब्याक हो, जसको अगाडिको भागमा आकर्षक एक्स आकारको एलईडी हेडलाइट र डिआरएलएस दिइएको छ । यो ४ सिटर कार भएतापनि पछाडिका सिटहरूमा २ जनालाई मात्र आरामदायी यात्रा अनुभव हुन्छ । गाडीमा ३१.९ किलोवाट आवर क्षमता भएको लिथियम फेरो फस्फेट ब्याट्री जडान गरिएको छ ।
जसले करिब ३३३ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ । यसको ५० किलोवाट (६७ एचपी) क्षमताको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले १५० एनएम टर्क उत्पन्न गर्न सक्छ र अधिकतम १२० किलोमिटर प्रति घण्टाको गति दिन सक्छ ।
एसी चार्जिङमार्फत २० प्रतिशत देखि देखि १०० प्रतिशत चार्ज गर्न करिब ५.५ घण्टा लाग्छ भने डिसी फास्ट चार्जिङमार्फत ३० प्रतिशत देखि ८० प्रतिशत चार्ज गर्न मात्र ३५ मिनेट लाग्छ । यसमा सिसिएस र जिवी रटी दुवै चार्जिङ पोर्ट उपलब्ध छन् । भित्री भागमा डुअल १०.२५ इन्चको टिएफटी डिस्प्ले, सफ्ट सिन्थेटिक लेदर ट्रिम्स, लेदर कभर भएको मल्टिफंक्शन स्टेरिङ ह्विल, रोटरी गियर सेलेक्टर र ६ – वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट राखिएको छ ।
सुरक्षाका लागि डुअल फ्रन्ट एयरब्याग, एबिएस , ईबिडी , ईएससी , हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर र क्यामेरासहितको सुविधा उपलब्ध छ । अन्य विशेषताहरूमा क्रुज कन्ट्रोल, किलेस इन्ट्री, स्मार्ट स्टार्ट सिस्टम, र पछाडीको सिट फोल्ड गर्दा ७९० लिटरसम्मको बुट स्पेस समावेश छन्। वुलिङ बिङुओ ईभीमा ब्याट्रीका लागि ८ वर्ष वा १ लाख २० हजार किलोमिटर र मोटरका लागि ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइएको छ ।
ग्राहकको रोजाईमा पर्नुको कारण
नेपालका घुमाउरा सडक र ट्राफिक जामले भरिएका शहरहरूमा, जहाँ इन्धनको मूल्य लगातार आकासिँदो छ, त्यहाँ वुलिङ ई.भी. एक स्मार्ट, किफायती र पर्यावरणमैत्री विकल्पको रूपमा उदाएको छ ।
केही समयअघिसम्म कमै चिनिएको यो ब्रान्ड आज हजारौं नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । यसको प्रमुख कारण हो,सस्तो मूल्यमा उत्कृष्ट सुविधा । वुलिङले “बजेटमै लक्जरी” दिने उद्देश्यले ल्याएका मोडेलहरू, जस्तै वुलिङ एयर ईभी र वुलिङ बिङ, शहरी सवारीका लागि आदर्श साबित भएका छन् ।
कम्प्याक्ट साइज, सहज गियर प्रणाली, र हलुका स्टेरिङले गर्दा यो गाडी चलाउन निकै सहज छ । विशेषतः ट्राफिक जामयुक्त शहरहरूमा यसको आईपी ६७ रेटेड वाटरप्रुफ ब्याट्री, लामो रेन्ज, र विश्वसनीय वारेन्टीले उपभोक्तामा आत्मविश्वास बढाएको छ । १०.२५ इन्चको डिस्प्ले, स्मार्ट स्टार्ट सिस्टम, लेदर इन्टेरियर जस्ता सुविधाहरूले ‘प्रिमियम’ अनुभव दिन्छ । घरमै चार्ज गर्न सकिने सुविधा र कम सञ्चालन खर्चले गर्दा वुलिङले नेपाली परिवारको मासिक खर्चमा राहत दिएको छ ।





























प्रतिक्रिया