काठमाडौं । अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपालमा आफ्नो पहिलो विद्युतीय गाडी प्रोटोन ई. मास ७ सार्वजनिक गर्दै नेपाली ईभी बजारमा प्रवेश गरेको छ । जगदम्बा मोटर्स प्रा.लि.मार्फत मार्च २०२५ को अन्त्यतिर यो गाडी नेपालमा लन्च गरिएको हो ।
यो गाडीले सस्तोमा ‘प्रिमियम’ सुविधासहित इलेक्ट्रिक गाडी चाहने ग्राहकहरूलाई लक्षित गरेको छ । अहिले नेपालमा प्रोटोनको यही एक मात्र ईभी मोडल ई.मास ७ उपलब्ध छ, जुन दुई भेरियन्ट प्राइम र प्रिमियर मा बिक्री भइरहेको छ ।
प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रहेको छ । ई.मास ७ मा फ्रन्टमा राखिएको इलेक्ट्रिक मोटरले १६० किलोवाट (२१८ पिएस) पावर र ३२० न्यूटनमिटर टर्क दिन्छ, यसले गाडीलाई ९ देखि १०० किमी प्रतिघण्टा मात्र ६.९ सेकेन्डमा पु-याउन सक्ने बनाउँछ । प्राइम संस्करणमा ४९.५२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । जसले ३४५ किलोमिटरको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ । प्रिमियम संस्करणमा भने ६०.२२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले ४१० किलोमिटरको रेन्ज दिन्छ ।
डुरेबल ब्याट्री
डिसी फास्ट चार्जिङमार्फत ३० प्रतिशतदेखि ८० प्रतिशत चार्ज गर्न लगभग २० मिनेट लाग्छ भने १० मिनेटमै १३५ किलोमिटरसम्मको यात्रा गर्न सक्ने चार्ज प्राप्त हुन्छ । यसमा स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम पनि समावेश गरिएको छ ।
गाडीको इन्टेरियरमा १५.४ इन्चको टचस्क्रिन, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो, ६ वटा स्पिकर (प्रिमियम मा १६ स्पिकर), २५६ कलरको एम्बियन्ट लाइट, भेन्टिलेटेड सिट, अटोमेटिक एयर कन्डिसनिङ, प्यानोरोमिक सनरुफ र इलेक्ट्रिक टेलगेटजस्ता सुविधाहरू रहेको छ ।
सुरक्षाको हिसाबले पनि ई.मास ७ निकै भरपर्दाे छ, यसमा एएसइएइएन एनसिएपी को ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, एबिएस, ईएससी , डिसीएस, टिपिएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सामान्य सुरक्षा विशेषतासँगै लेभल टु एडिएएस प्रविधि पनि दिइएको छ ।
जसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ, अडेप्टिभ क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अलर्ट, ब्लाइन्ड स्पट डिटेक्सन, लिड भेइकल डिपार्चर अलर्ट आदि समावेश छन् । यस गाडीको लम्बाई ४ हजार ६ सय १५ मिमि, चौडाइ १ हजार ९सय १ मिमि, उचाइ १ हजार ६ सय ७० मिमि र ग्राउन्ड क्लियरेन्स १ सय ७३ मिमि रहेको छ । २ हजार ७ सय ५० मिमिको व्हीलबेस र फोल्डेबल सिट मिलाएर १ हजार ८ सय ७७ लिटरसम्मको स्टोरेज स्पेस दिन्छ ।
प्रोटोन ई.मास ७ को साथमा कम्पनीले ग्राहकहरूलाई सजिलो फाइनान्स विकल्प पनि दिएको छ, जसमध्ये न्यूनतम ४.९९ प्रतिशत ब्याजदर, सुरुको ईएमआई ४९ हजार ९ सय बाट, ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, एक वर्षको रोड ट्याक्स, ८ वर्ष वा २ लाख किलोमिटरसम्मको ब्याट्री वारन्टी लगायतका सुविधा दिइएको छ । साथै, हाल काठमाडौंसहित ३ स्थानमा शोरुम सञ्चालनमा छ र वर्षको अन्त्यसम्म १२ स्थानमा विस्तार गर्ने योजना कम्पनीले लिएको छ ।
यो गाडी आफ्नाे फ्युचरिस्टिक डिजाइन, स्मार्ट फिचर, सशक्त सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण नेपाली विद्युतीय सवारी बजारमा निकै ध्यान खिचिरहेको छ ।































प्रतिक्रिया