काठमाडौं । स्मार्ट नाममै झल्किने गजबको प्रविधि, डिजाइन र नवीन सोच, मर्सिडीज–बेन्ज एजी र चीनको झेजियाङ गीली होल्डिङ ग्रुपको सहकार्यमा जन्मिएको यो ब्रान्ड अब नेपालमा पनि यात्रुहरूको जीवनशैलीमा ‘स्मार्ट’ क्रान्ति ल्याउन भित्रिएको छ ।
लक्जरी र इन्टेलिजेन्सको मेल भएको प्योर इलेक्ट्रिक ब्रान्ड स्मार्टलाई नेपालमा सीजी मोटर्सले भित्र्याएकाे हो । यसको औपचारिक शुरुआत सन् २०२३ को सेप्टेम्बरमै भइसकेको थियो । त्यसयता, नेपाली बजारमा स्मार्ट ईभी ल्याउने तयारी निकै योजनाबद्ध ढंगले अघि बढ्यो । सन् २०२४ को चर्चित नाडा अटो शोमार्फत स्मार्ट गाडीहरू नेपाली कार प्रेमीमाझ पहिलोपटक सार्वजनिक गरिएकाे थियाे । यही अवसरलाई स्मार्ट गाडीहरूको नेपाली बजारमा औपचारिक सुरुआतको रूपमा मान्न सकिन्छ ।
मर्सिडीजको गुणस्तर र गीलीको इन्जिनियरिङ क्षमताको संगममा जन्मिएको स्मार्ट अब नेपाली सडकमा स्टाइल, स्थायित्व र प्रविधिको अर्काे परिभाषा बन्न आइपुगेको छ ।
स्मार्टको मोडल
स्मार्ट ब्रान्डले नेपाली सडकमा शैली र स्मार्टनेसको नयाँ परिचय दिन दुई शानदार मोडलहरू प्रस्तुत गरिसकेको छ—स्मार्ट ह्याजट्याग १ र स्मार्ट ह्यासट्याग ३ यी दुवै गाडीहरूले विद्युतीय यात्रामा न केवल दक्षता, तर व्यक्तित्व र प्रिमियम अनुभूति पनि जोडिरहेका छन् ।
स्मार्ट ह्याजट्याग १ एक आकर्षक कम्प्याक्ट एसयूभी हो, जुन सहरको ट्राफिक, गल्ली र गतिशील जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको छ । यो गाडी आधुनिक डिजाइन, स्मार्ट इन्टेरियर र प्रयोगमैत्री प्रविधिले भरिएको छ । जसले प्रयोगकर्ताको दैनिक यात्रा पनि अनुभवजस्तै विशेष बनाउँछ । अर्काेतर्फ, स्मार्ट ह्याजट्याज ३ ले विद्युतीय एसयूभीहरूमा ‘कूपे’ डिजाइन ल्याउँदै आकर्षणको नयाँ परिभाषा कोरेको छ । यसको स्लिक बडी लाइन, स्पाेर्टी लुक र भविष्यवादी इन्टेरियरले सडकमा जहाँ जाला, त्यहाँ नजर आफैँ तानिन्छ ।
यी दुवै मोडल प्रो, प्रो प्लस, प्रिमियम र शक्तिशाली ब्राबस जस्ता भेरियन्टहरूमा उपलब्ध छन् । जसले ग्राहकको आवश्यकताको विविधता र रुचिलाई ध्यानमा राख्दै फरक-फरक अनुभव दिने उद्देश्य राखेको छ । स्मार्टको नामसँग मेल खाने जस्तै, यी मोडलहरूले पनि सवारीलाई केवल यात्रा होइन, जीवनशैली बनाउने प्रस्ताव दिन्छन् ।
मूल्य कति छ ?
स्मार्ट ईभी संसारमा नयाँ क्रान्ति ल्याउँदै, स्मार्ट हजट्याग १ ले स्टाइल, शक्ति र स्मार्ट टेक्नोलोजीको अद्भुत संगम प्रस्तुत गरेको छ । यो केवल एउटा कार होइन, यो एउटा भविष्य हो जुन आज तपाईंको लागि तयार गरिएको छ । स्मार्ट ह्यासट्याग १ प्रो प्लस भेरियन्ट, ६६ किलोवाट आवर ब्याट्री क्षमता भएको यसको मूल्य १ करोड रहेको छ । यसको डिजाइन, दिगोपन र प्रविधि संयोजनले तपाईंको दैनिक यात्रा अझ सहज र रोमाञ्चक बनाउँछ ।
अर्काेतर्फ, स्मार्ट हजट्याग १ प्रिमियम भेरियन्ट, ६६ किलोवाट आवर ब्याट्रीका साथ, थप सुविधासम्पन्न बनाइएको छ र यसको मूल्य १ करोड २० लाख तोकिएको छ । यसले अझ उन्नत फिचरहरू, प्रीमियम इंटेरियर र अभूतपूर्व ड्राइभिङ अनुभव दिन्छ । दुवै विकल्पहरू भविष्यतर्फ एक कदम अघि बढाउने उत्कृष्ट उदाहरण हुन् ।
स्मार्टको विशेषता के रहेको छ ?
स्मार्ट ह्याजट्याग १ ले मर्सेडिज–बेन्जको ग्लोबल डिजाइन टचसहित आकर्षक रूप र परिष्कृत इन्टेरियर प्रदान गर्छ । हेर्दा चिटिक्क देखिने यो गाडी ६२ किलोवाट आवर को ब्याट्रीले ४४० किमीको प्रभावशाली रेन्ज पनि दिन्छ । २६८ बीएचपीको इलेक्ट्रिक मोटर र रियर–ह्विल ड्राइभ संयोजनले यात्रालाई गति र गम्भीरता दुवै प्रदान गर्छ ।
यसमा रहेको १२.८ इन्चको ठूलो टचस्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्रिमियम साउन्ड सिस्टम र प्रशस्त स्पेसले यात्रालाई सुविधाजनक मात्र होइन, रमाइलो बनाउँछ ।
त्यस्तै, स्मार्ट ह्याजट्याग ३ ले थप स्टाइलिस मोडमा प्रवेश गर्छ । एक कूपे शैलीको एसयूभी जसले विशेषगरी युवा पुस्तालाई लक्षित गर्छ । यसको लुक्स स्पोर्टी छ । स्मार्ट ह्यासट्याग ३ प्रो मा ४९ किलोवाट आवर ब्याट्रीले ३२५ किमी रेन्ज दिन्छ भने प्रो प्लस र प्रिमियम भेरियन्टहरूमा ६६ किलोवाट आवर ब्याट्रीसहित ४५५ किमीसम्मको रेन्ज पाइन्छ ।
पावरको कुरा गर्दा, २०० किलोवाट (२६८ बीएचपी) को मोटरले आश्चर्यजनक पर्फर्मेन्स दिन्छ र ब्रबस भेरियन्ट त झनै उत्साहजनक छ । डुअल मोटर र अझ बढी शक्ति ।
भित्री भाग स्मार्ट १ जस्तै अत्याधुनिक छ । १२.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, ९.२ इन्चको डिजिटल क्लस्टर, विट्स साउन्ड सिस्टम, र वायरलेस फोन चार्जिङ जस्ता सुविधाले यसलाई प्रिमियम अनुभव बनाउँछ ।
सुरक्षा
सुरक्षाको कुरामा यसका ईभीहरूले कुनै सम्झौता गर्दैनन् ग्राहकहरुकाे सुरक्षा सुनिश्चित गर्न, यसले विश्वसनीयता र प्रविधिको अद्भुत संयोजन ल्याएको छ । पाँचतारे युरो एनसिएपी सुरक्षा रेटिङले यसको मजबुत बनावट र सुरक्षा क्षमतामा पूर्ण विश्वास दिलाउँछ। यसमा समावेश छन् लेभल २ं एड्भान्स्ड ड्राइभर – असिस्टेन्स सिस्टमहरू, जसले तपाईंको ड्राइभिङ अनुभवलाई सहज मात्र होईन स्मार्ट पनि बनाउँछ । ब्लाइन्ड स्पट मनिटरिङले गाडीको वरिपरिका अप्रत्याशित खतरा देख्छ । लेन किपिङ असिस्टले गन्तव्यसम्म सुरक्षित मार्गमा राख्छ । ट्राफिक साइन रिकग्निसनले बाटोका संकेतहरू बुझ्छ र अटोनोमस इमर्जेन्सी ब्रेकिङले आवश्यक समयमा तुरुन्तै प्रतिक्रिया दिन्छ ।
त्यसमा थपिएको ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सरले तपाईंलाई कुनै पनि ठाउँमा गाडी राख्न सहज बनाउँछ । चाहे त्यो व्यस्त शहरको पार्किङ होस् वा साँघुरो गल्ली, सातवटा एयरब्यागहरूले गम्भीर दुर्घटनाबाट समेत बचाउँछ । स्मार्ट पाइलट असिस्टेन्ट जस्ता सेल्फ– ड्राइभिङ क्षमताहरूले यात्रालाई अझ सन्तुलित, सुरक्षित र भविष्यसम्म पु-याउने बनाउँछ ।





























प्रतिक्रिया