काठमाडौं । लिपमोटर ब्रान्डका विद्युतीय सवारीले नेपाली अटो बजारमा राम्रो उपस्थिति जनाएको छ । गत वर्षको नाडा अटो शोबाट नेपाले अटो बजारमा प्रवेश गरेको यसले छोटो समयमा नै ग्राहकको मन जित्न सफल भएको छ। सांग्रिला मोटर्सले यस लिपमोटर ब्राण्डलाई आधिकारिक रूपमा बजारमा भित्र्याएको हो। सांग्रिलाले लिपमोटरको २ वटा ब्राण्ड बिक्री गरिरहेको छ। अर्को नयाँ मोडल भोलिदेखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्दैछ । हाल नेपालमा प्रिमियम एयसूभी लिपमोटरको सी–१० र टी ०३ मोडल बिक्री भइरहेको छ ।
यी हुन् नेपालमा उपलब्ध मोडल
लिपमोटरको सी–१०
लिपमोटर सी–१० को नेपाली बजार मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटर सी–१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यस एसयूभी कारले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।
लिप मोटर्सले गाडीमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रदान गरेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
फिचरहरुको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ । एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ ।
यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।
१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।
लिपमोटर टि०३
लिपमोटरको नयाँ मोडल टी ०३ उपलब्ध छ । यो लिपमोटरको दोस्रो मोडल हो। कम्पनीले मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। टी ०३ मा ३३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ, जसले पूर्ण रूपमा चार्ज भएपछि ३९५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
यसमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। सुरक्षाका दृष्टिकोणले टी ०३ मा लक्जरी श्रेणीका सवारीसाधनमा पाइने ८ वटा एयरब्याग उपलब्ध छन्। साथै, यो गाडी पाँच फरक रङमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
लिपमोटर बी१० नाइमा अटो शोमा प्रदर्शन गरिने
यसको अर्को मोडल लिपमोटर बी१० नाइमा अटो शोमा प्रदर्शन गरिने भएको छ । भोलि अर्थात् साउन २१-२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त शो लिपमोटर बी१० प्रदर्शन गरिने भएको छ ।
लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ। ६७.१ किलाेवाट आवर ब्याट्री सहितको यो मोडलले एकपटक चार्ज गर्दा ४६० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज दिन्छ। यसमा जडान गरिएको १६० किलाेवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरो एनक्यापकाे ५-स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ।
स्निक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको कम्पनीकाे भनाइ छ ।
लिपमोटर बी१० को औपचारिक लन्च तथा मूल्य सार्वजनिक आगामी साउन २१ देखि २५ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा गरिनेछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमाेटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रा. लि. सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।





























प्रतिक्रिया