गोगोरो स्कुटर अब झनै मूल्यवान

गोगोरो स्कुटर अब झनै मूल्यवान

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीकालागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ ।

कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ । यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ ।

विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो । जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो ।

यसकै परिणामस्वरूप, गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ ।

“गोगोरो नेपालको यातायातको भविष्य हो” नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं। आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौँ ।”

Skip This
Skip This
Logo