मोर्बिडेलीका २ मोटरसाइकल नाइमा एक्स्पोमा लन्च, यस्ता छन् फिचर

मोर्बिडेलीका २ मोटरसाइकल नाइमा एक्स्पोमा लन्च, यस्ता छन् फिचर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इटालियन मोटरसाइकल ब्राण्ड मोर्बीडेलीका दुई नयाँ मोटरसाइकल नेपाल भित्रिएका छन् ।

नेपालका लागि मोर्बीडेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५ का अवसरमा मोर्बीडेलीका टी३५२एक्स र टी२५२एक्स मोटरसाइकल सार्वजनिक गरेको हो ।

उच्च प्रदर्शन र साहसिक क्षमतायुक्त टी३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले नेपालको कठिन भूभागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।

यसमा ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८–भल्व इन्जिन रहेको छ, जसले ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पिड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७–इन्च टीएफटी डिस्प्ले छ, जुन मोर्बिडेली कनेक्ट एपसँग एकीकृत छ ।

उत्कृष्ट ह्यान्डलिङःका लागि पिरेली स्कॉर्पियन टायर, यूएसबी फ्रन्ट फोर्क, मल्टि–लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

मोर्बिडेली टी३५२एक्सको मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीको भनाइ छ ।

यता मोर्बिडेली टी२५२एक्समा २४९.५३ सीसी क्षमताको डबल सिलिण्डर, फोर स्ट्रोक इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ३३.५ हर्स पावर तथा २० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ । यसका साथै १७ इन्च अलोय ह्विल, यूएसबी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।

Skip This
Skip This
Logo