प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट

केन्द्रबिन्दु
21
Shares

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच विशेष छुट दिने सम्झौता भएको छ।

व्यावसायिक साझेदारी अन्तर्गत भएको उक्त सम्झौतामा मेडिप्लस हस्पिटलका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत (एनबीसीओ) राजु राना मगरले हस्ताक्षर गरे।

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। यो छुट विशेष गरी बैंकका ग्राहक र कर्मचारीलाई अतिरिक्त हेरचाह प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो।

पोखरा–११, रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र आधुनिक सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त साझेदारीबाट प्रभु बैंकका ग्राहक र कर्मचारी दुवै लाभान्वित हुने विश्वास लिइएको छ।

Logo