आन्दाेलनरत उखु किसानहरूका लागि साढे ७५ करोड अनुदान निकासा

आन्दाेलनरत उखु किसानहरूका लागि साढे ७५ करोड अनुदान निकासा

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । काठमाडाैंमा आन्दाेलनरत उखु किसानहरूका लागि सरकारले ७५ करोड ४९ लाख रुपैयाँ अनुदान निकासा गरेको छ।

अर्थ मन्त्रालयले किसानहरूलाई प्रोत्साहान, अनुदान बापतको रकम ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हाे । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत् किसानको बैंक खातामा पुग्नेछ ।

मन्त्रिपरिषदको बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि रकम निकासा गर्न ढिलाइ भएकाे थियो। यसैबीच काठमाडौंमा आन्दोलनरत उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता भएको छ।

Logo