काठमाडौं । मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।





























प्रतिक्रिया