जीहो स्कुटरमा दशैं–तिहार अफर : ३० हजार छुट, विदेश भ्रमणको अवसर

जीहो स्कुटरमा दशैं–तिहार अफर : ३० हजार छुट, विदेश भ्रमणको अवसर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सीएफमोटो र जीहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले दशैं–तिहार लक्षित गर्दै ‘जिहो जिन्दगीको बहार’ अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकका लागि ल्याइएको यस अफर अन्तर्गत एई६ प्लस, एई४ र एई८ मोडलमा नगद खरिद गर्दा ३० हजार रुपैयाँसम्म छुट पाइनेछ ।

त्यस्तै, पुरानो स्कुटर साटेर नयाँ जिहो किन्दा २५ हजार रुपैयाँसम्म थप मूल्यांकन प्राप्त हुने र शून्य प्रतिशत फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, बम्पर उपहारका रुपमा एक भाग्यशाली ग्राहकले बाली भ्रमणको अवसर पाउनेछन् ।

प्रिमियम ईभी ब्रान्डको रुपमा परिचित जीहो स्कुटरमा विभिन्न मोडलअनुसार छुट्टै विशेषता रहेका छन् । एई६ प्लस मोडल अर्बन राइड कन्सेप्टमा आधारित छ भने एई४ फेमिली कन्सेप्टमा तयार गरिएको छ । तीमध्ये, एई४ मोडलमा १२ हजार ५०० वाटको पिक पावर, ४.४ किलोवाट आवरको लिथियम आयन ब्याट्री, लिक्विड कुल्ड मोटर, जिहो राइड एप, क्रुज कन्ट्रोल, रिभर्स गियर, स्लोप हिल असिस्ट, एन्टि–थेप्ट सिस्टम र ब्रेम्बो ब्रेकिङ सिस्टम जडान गरिएको छ, जसले यसलाई अझै सुरक्षित र सुविधायुक्त बनाएको छ ।

बिक्रीपछि सेवा सहज बनाउन ऋषि ट्रेड सेन्टरले उपत्यकामा आफ्नो उपस्थिति विस्तार गरेको छ । हाल कम्पनीले नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम, साथै कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ ।

Logo