ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको पहिलो र एकमात्र पूर्ण भिट्रिफाइड टायल्स निर्माता लेमिनार टायल्सले ललितपुरको कुपण्डोलमा आफ्नो नयाँ विशेष डिलर शोरूम संचालनमा ल्याएको छ। कुपण्डोलस्थित कानदेउता स्थानमा रहेको सेरामिक संसार प्रा. लि. लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी उक्त शोरूमको उद्घाटन गरिएको हो।

शुक्रवार आयोजित औपचारिक कार्यक्रममा सेरामिक संसार प्रा. लि. का सञ्चालकद्वय कृष्ण कोइराला र टेकबहादुर तमाङ तथा लेमिनार टायल्सका निर्देशक आशुतोष खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रृंखलाअन्तर्गतको उक्त डिलर शोरूम उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै निर्देशक खेतानले लेमिनार टायल्स बलियो, टिकाउ, उच्च लोड बेयरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थमा उत्कृष्ट भएको उल्लेख गरे। उनका अनुसार, लेमिनार टायल्सले अब देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ।

बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको निर्माण भइरहेको छ। कम्पनीले हाल ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२% सम्म वाटरप्रूफ छन्। उच्च गुणस्तरको कच्चा पदार्थ र उन्नत उत्पादन प्रक्रियाका कारण लेमिनार टायल्स अन्य सामान्य सिरेमिक टायल्सको तुलनामा चार गुणासम्म बढी टिकाउ छन्।

Logo