काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारका एक जनालाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एक सन्देश जारी गर्दै यो प्रतिबद्धता व्यक्त गरेका हुन्।
ग्रुपले आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई चौधरी ग्रुपमा योग्यताअनुसारको रोजगारी उपलब्ध गराउने जनाएको छ। यसलाई ग्रुपले केवल वाचा नभई ‘गहिरो कर्तव्य र श्रद्धा’ का रूपमा लिएको बताएको छ।
आन्दोलनको क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा ठूलो क्षति र विध्वंस भएकोमा गहिरो पीडा व्यक्त गर्दै चौधरी ग्रुपले त्यसलाई बिर्सेर दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको उल्लेख गरेको छ।





























प्रतिक्रिया