काठमाडौं । ललितपुर भैँसेपाटीस्थित कार्यविनायकमा नेपालकै पहिलो र अत्याधुनिक ‘एलजी लन्ड्री लाउन्ज’ सञ्चालनमा आएको छ ।
सिजी इलेक्ट्रोनिक्सले क्लासी क्लिनसँगको सहकार्यमा एलजीद्वारा सञ्चालित लन्ड्री लाउन्ज, भैँसेपाटी, ललितपुरमा सञ्चालनमा ल्याएको हो । यसको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् ।
लन्ड्री लाउन्ज एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा रहेको कम्पनीको भनाइ छ । लन्ड्रीले अत्याधुनिक एलजी प्रोफेसनल उपकरण र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नवीन अनुभव प्रदान गर्नेछ । यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडेलले पूर्ण व्यावसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
लाउन्जको सञ्चालन सिजीका साझेदारले गरिरहेका छन् भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको बताइएको छ । यसले उच्च गुणस्तरीय धुने तथा सुकाउने सेवा प्रदान गर्नेछ । एलजीका कमर्सियल लन्ड्री मेसिनले सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्नेछन् । त्यस्तै, ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइजसमेत गर्ने कम्पनीको दाबी छ ।





























प्रतिक्रिया