आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo