काठमाडौं। पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर सिधै अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको छ । इरान समर्थित हुथी समूहले इजरायलमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिँदा कच्चा तेलको मूल्य एक्कासि उकालो लागेको हो ।
सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ११५ डलर नाघेको छ भने अमेरिकी डब्लुटिआई पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ ।
यसैबीच इजरायल र इरानबीच प्रतिआक्रमण जारी छन् । तेहरानका केही क्षेत्रमा आक्रमणपछि विद्युत् सेवा प्रभावित भएको थियो भने इजरायलतर्फ पनि औद्योगिक क्षेत्रमा आगलागी भएको खबर छ ।
द्वन्द्वको प्रभाव सञ्चार र शिक्षामा समेत परेको छ । लेबनानमा आक्रमणमा परी पत्रकारको ज्यान गएको छ भने केही शैक्षिक संस्थाले अनलाइन कक्षा सुरु गरेका छन् ।
खाडी क्षेत्रका केही सैन्य आधारहरूमा पनि क्षतिको खबर आइरहेका छन् । यद्यपि कूटनीतिक प्रयास भने जारी रहेको बताइएको छ ।































प्रतिक्रिया